आइतवार, पुस १३, २०८२

कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु*

  
कर्णाली टाइम्स आइतवार, कार्तिक २५, २०८१


सुर्खेत। कालीकोटमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप कालीकोटको पलाँता गाउँपालिका–३ राढुनेटामा दुर्घटनामा परेको हो।

प्रहरी घटनास्थलतर्फ गईरहेको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए।

पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले बोलेरो जिप भिरबाट खसेको र ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा कति जना सवार थिए भन्ने पनि खुलेको छैन।

जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ गईरहेको थियो।

सच्याईएको*