
सुर्खेत। कालीकोटमा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
आईतबार दिउँसो पलाँता गाउँपालिका वडा नम्बर ५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली क १ ज ५६ नम्बरको बोलेरो जिप वडा नम्बर ३ को राडुनेटामा दुर्घटनामा परेको थियो।
दुर्घटनामा ६ जना घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
मृत्यु हुनेहरुमा पलाँता गाउँपालिका–६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, वडा नम्बर ५ का छाया शाही र वडा नम्बर ३ का दमन रोकाया रहेका छन्।
पलाँता गाउँपालिका–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भूपेन्द्र रोकाया, वडा नम्बर ३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, वडा नम्बर ५ का दोली विक, आयुशा विक र ठेगाना नखुलेका चालक धनीराम रावत घाईते भएका छन्।
घाईतेहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याईएको छ। घाईते सबैको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
