शनिबार, पुस १९, २०८२

कालीकोट जिप दुर्घटनाः मृतकको संख्या सात पुग्यो

  
कर्णाली टाइम्स सोमवार, कार्तिक २६, २०८१


सुर्खेत। आइतबार कालिकोटमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात जना पुगेको छ। कालिकोटको पलाँता गाउँपालिका–३ राडुनेटामा क १ ज ५६ नम्बरको यात्रु बोकेको बोलेरो जिप दुर्घटनामा परेको थियो।

दुर्घटनामा एक बालकसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। जिप चालकलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले जानकारी दिए।

पलाँता गाउँपालिका–६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, वडा नम्बर ५ का छाया शाही र वडा नम्बर ३ का दमन रोकायाको घटनास्थलमै मृत्यु भएको हो। चालक धनीराम रावतलाई अस्पतालले मृत घोषणा गरेको हो।

पलाँता गाउँपालिका–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भूपेन्द्र रोकाया, वडा नम्बर ३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, वडा नम्बर ५ का दोली विक, आयुसा विक घाइते छन्।

घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाको हेलिक्पटरमार्फत् घाइतेहरूलाई आइतबार नै सुर्खेत ल्याइएको थियो।