शुक्रबार, पुस ११, २०८२

लेकवेशीमा बदेललाई थापेको पासोमा पर्यो बाघ

  
कर्णाली टाइम्स सोमवार, भदौ १६, २०८२


सुर्खेत। सुर्खेतको लेकवेशीमा स्थानीयले जंगली बदेलका लागि थापेको पासोमा बाघ परेको छ। आइतबार थापेको उक्त पासोमा पाटे बाघ परेको हो।

लेकवेशी नगरपालिका–७ लमनागाँउदेखि एक सय मिटर टाढा जंगलमा बदेललाई थापेको पासोमा पाटे बाघ परेपछि स्थानीयले सोमबार बिहान प्रहरीलाई खबर गरेका थिए।

खबरपछि इलाका प्रहरी कार्यालय लेकवेशीबाट प्रहरी नायब निरीक्षक मनिष गुरुङको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।

प्रहरीले पासोमा फसेको बाघको उद्दारको लागि डिभिजन वनसँग समन्वय भइरहेको जनाएको छ।