सोमवार, जेष्ठ १४, २०८१

हतियार बोकेको सेनाको गाडी खस्दा एकको मृत्यु, ६ घाइते

  
कर्णाली टाइम्स बुधबार, माघ २९, २०७६

सुर्खेत, २९ माघ ।

दुर्घटना स्थल ।

सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ।जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवत्ता उमाकान्त जोशीका अनुसार दुर्घटनामा परि जमदार यादवप्रसाद घरेलको मृत्यु भएको ।दुर्घटनामा परी मेजर ईश्वर सिलवाल, सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर, विपिन श्रेष्ठ, हवल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि काठमाण्डौ लगिएको छ । गाडीमा ७ जनामात्रै सवार रहेको प्रहरीले बताएको छ । हाल घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । सल्यानको सवुज गणबाट बुटवलतर्फ हातहतियार र विष्फोटक प्रदार्थ लगेर जाँदै गरेको लु १ ग १२३ नम्बरको ट्रक बुधबार दिउँसो साढे ४ बजेतिर दुर्घटनामा परेको हो । कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलामा ट्रक झन्डै ५ सय मिटर तल खसेको छ ।घाइतेलाई बाहिर लैजान भर्खरै नेपाली सेनाको हेलिकप्टर दाङको तुलसीपुरमा आएको छ । तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।