बिहीबार, जेष्ठ ३, २०८१

गाडीको ठक्करबाट युवकको मृत्यु, आफन्तले गरे छिन्चु बन्द

  
कर्णाली टाइम्स बुधबार, फागुन ७, २०७६
भेरीगंगाको छिन्चु बजार क्षेत्र

सुर्खेत, ७ फागुन । गाडीको ठक्करबाट घाइते भएका युवाको मृत्यु भएपछि आफन्तले भेरीगंगाको छिन्चु बजार क्षेत्र बन्द गराएका छन्। मंगलबार बेलुका आठ सडक किनारमा उभिएर फोनमा कुरा गरिरहेका भेरीगंगा–४ का ३२ वर्षीय राजु बोहरालाई बा३ख ६३५२ नम्बरको गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारका लागि नेपालगञ्ज लिने क्रममा बाटोमै मृत्यु भएपछि आफन्तले बजार बन्द गराएका छन् ।

आफन्तहरुले गाडी चालकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने र परिवारलाई क्षतिपूर्तिको माग गर्दै बुधबार बिहानैदेखि छिन्चु बजार बन्द गराएका छन्। आन्दोलनका कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने सवारी साधन चलेका छैनन्। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक माधव चौधरीले पीडित परिवारसँग वार्ता भइरहेको बताएका छन् । उनका अनुसार ‘ठक्कर दिने गाडी चालक फरार रहेकाले खोजी तिब्ररुपमा अगाडी बढाइएको छ ।