शनिबार, जेष्ठ ५, २०८१

जिल्ला स्तरको च्यापियनक बैठक सम्पन्न

  
कर्णाली टाइम्स सोमवार, फागुन १२, २०७६

सुर्खेत, १२ फागुन ।
सुन्दर नेपाल संस्था द्धारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोनजाको आयोजनामा जिल्ला स्तरको च्यापियनका बैठक गरिएको छ ।
नियमित बैठक अन्तरगत सोमवार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । अघिल्लो बैठकले गरेको निर्णयको समिक्षा , परियोजनाले लेकवेशी, भेरीगंगा नगरपालिकामा नागरिक समाज र मिडिया मार्फत गरिएको सार्वजनिक सेवा प्रवाहको बारेमा गरिएको निगरानीको बारेमा समिक्षा समेत गरिएको छ । त्यसैगरी परियोजनाले जिल्लामा गरेका विभिन्न अभियानको बारेमा समिक्षा गरेको छ ।
बैठकमा गैसस महाँसघ, कर्णाली प्रदेश पत्रकार महाँसघ, इन्सेक प्रतिनिधि, उच्च बार अदालतका प्रतिनिधि, उपभोत्ता हकहित संरक्षण मञ्च लगायत ११ जनाको सहभागिता रहेको थियो ।