बिहीबार, फागुन १०, २०८०

३० हजार घुससहित प्रधानाध्यापक पक्राउ

  
कर्णाली टाइम्स शुक्रबार, फागुन १६, २०७६

सुर्खेत । दैलेखको नौमुले गाउँपालिका–१ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई ३० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरिएको छ । उनलाई बिहीबार नियन्त्रणमा लिइ थप अनुसन्धान गरिहेकोे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए।

सुचना अकिारी सापकोटाका अनुसार सिंह र सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गगनबहादुर बस्नेतले शिक्षकहरूको चौमासिक तलब तथा दसैँ खर्च निकासा गर्न पटकपटक घुस मागेको भन्ने उजुरीका आधारमा सुर्खेत कार्यालयबाट गएको अख्तियारको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको हो । घुस रकम लिइसकेपछि प्रअ सिंहलाई नौमुले गाउँपालिका–१ स्थित एनएमबी बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।