शुक्रबार, माघ २५, २०८१

सुझाव पेटिका मार्फत विद्यार्थीका गुनासा बढ्न थाले

सुझाव पेटीकामा आएका गुनासाको बृद्धि भएपछि शिक्षकहरुलाई पनि सुधार गर्ने मौका मिलेको छ ।

  
कर्णाली टाइम्स आइतवार, फागुन २५, २०७६
भरीगंगा नगरपालिका १३ रामघाट स्थित लालिगुराँस माध्यामीक विद्यालयमा राखिएको सुझाव पेटिका।

जगतदल जनाला विक
सुर्खेत । भरीगंगा नगरपालिका १३ रामघाटकी टिका परियार लालिगुराँस माध्यामीक विद्यालयमा कक्षा ८ पढ्छिन् । उनी नियमीत स्कुलमा आउँछिन् । स्कुलमा उनलाई सधै एउटा कुराको मात्र चिन्ता लाग्छ त्यो हो ‘प्याड’ । उनी महिनावारी भएपछि सधैं प्याड पसलबाट किनेर ल्याउने गर्थिन । स्कुलमा प्याडको व्यवस्था नगरिएका कारण उनलाई बारम्बार समस्या झेलिरहनु प¥थ्यो । आफैले चाहिएको बेला प्याड उपलब्ध हुन्थेन । प्याडको पहुँच बाट परियार मात्र नभई विद्यालयमा अध्ययनरत अन्य छात्राहरु पनि समस्यामा पर्ने गरेका थिए । व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयले सुझाव पेटी राखियो । उनले आफ्नो गुनासो लेखेर त्यो सुझाव पेटिकामा राखिन् । त्यसपछि विद्यालयले वडासंग समन्वय गरेर प्याडको व्यवस्था ग¥यो । ‘स्कुलले सुझाव पेटी राखेपछि कतिपय हामीले भन्न बोल्न नसकेका कुराहरु यसको माध्यमबाट राख्ने गरेका छौं ।’ परियारले भनिन्, विद्यालयका विषयमा हुने जुनसुकै समस्याहरुका बारेमा पनि आफ्ना गुनासा तथा सुझाव राख्न सहज भएको छ ।’


शिक्षकले कक्षामा पाठ्यक्रम भन्दा बाहिरको कुरा गर्दा र पढाईमा लापरबाही गरेपछि विद्यार्थीहरु सुझाव पेटिकामा गुनासो राख्ने गर्दछन् । यस्ता कैयौं समस्या संगै स्कुलमा भएका सानातिना त्रुटी देखि अन्य कुराहरुलाई समेत विद्यार्थीहरुले सुझाव पेटिका मार्फत गुनासा र सुझावहरु राख्ने गरेको वद्यालयका प्रध्यानाध्यापक प्रेमबहादुर थापाले बताए ।
‘शिक्षकहरुले कक्षामा गर्ने नराम्रा पक्षका बारेमा विद्यार्थीहरुको बारम्बार गुनासो आएपछि शिक्षकहरुलाई पनि सुधार गर्ने अवसर मिलेको छ ।’ थापाले भने, ‘कक्षामा सरले पढाउने बेला गरेका लापरबाही पनि सुझाव पेटिकामा मार्फत बाहिर आएपछि सुधार गर्न सहज भएको छ ।’ प्रध्यानाध्यापक थापाका अनुसार शिक्षाको गुणस्तर र हिंसा सम्बन्धीका गुनासाको सङ्ख्या बढेका छन् । हप्तामा न्युनतम् ६० भन्दा धेरै गुनासाहरुमा विद्यालयले छलफल गर्ने गरेको छ ।


दुइ वर्ष पहिले एक हजारको लागतमा विद्यालयले सुझाव पेटिकाको स्थापना गरेको हो । स्कुलले सिसी टिभी क्यामेराको समेत व्यवस्था गरेकोले विद्यार्थीहरुको ड्रपआउट दर पनि घटेको छ । स्कुलमा विद्यार्थी र शिक्षकले गरेका कमजोरीलाई सुधार गर्नका लागि सुझाव पेटिले सहजकर्ताको काम गरेको स्थानिय अभिभावक भरत खड्काको भनाई छ ।
भेरीगंगा नगरपालिकाका नगरप्रमुख भुपेन्द्र चन्दले यो वर्षबाट नगरपालिका अन्तरगतका सबै विद्यालयहरुमा सुझाव पेटिकाको व्यवस्था अनिवार्य गरेको बताए । ‘हामीले शिक्षामा गुणस्तर ल्याउनका लागि शैक्षिक कार्यक्रम र प्रत्येक विद्यालयमा गुनासा तथा सुझाव पेटिका राख्ने छौ ।’ उनले भने, ‘जसमा विद्यालय व्यवस्थापन समिति अभिभावक संघ र आम नागरिकले सुझाव राख्न सकुन ।