बिहीबार, कार्तिक ८, २०८१

जिप्रका सुर्खेेतको हिरासतबाट फरार तीनै जना थुनुवा पक्राउ

  
कर्णाली टाइम्स बिहीबार, चैत्र २०, २०७६


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षबाट बिहिबार फरार भएका तीनै जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका अभियुक्तहरू आज बिहान एक बजे थुनुवा कक्षको झ्याल फोडेर फरार भएका थिए ।
कर्णाली प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षबाट झ्याल उक्काएर वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मी, २० वर्षीय सुनिल थारु र वीरेन्द्रनगर–११ का २१ वर्षीय सन्देश कसेरा फरार भएका थिए ।
प्रहरीको हिरासतबाटै फरार भएका कसेरालाइ भेरीगंगाको सत्तरी र रेग्मी र थारुलाई वीरेन्द्रनगरबाट भ्यालीबाटै पक्राउ गरिएको सूचना अधिकारी रायमाझीले बताए ।
उनका अनुसार पुरानो मुद्धा लागु औषध र अनुसन्धानमा असहयोग गरेको मुद्धा चलाइने छ । सहित प्रहरीको हिरासत कक्षबाटै थुनुवा फरार भएपछि प्रदेश प्रहरी कार्यालय सुर्खेतले छानविन गर्न प्रहरी उपरीक्षक (एसपी) भोलाबहादुर रावलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो ।