बुधबार, फागुन ९, २०८०

युवा समाजसेवी खड्का द्धारा पिपिई र मास्क वितरण

  
कर्णाली टाइम्स आइतवार, चैत्र २३, २०७६


सुर्खेत । चिंगाड गाउँपालिका २ का युवा समाजसेवी हरिलाल खड्काले ६ थान पिपिई सेट र एक हजार पिस मास्क गाउँपालिकामा हस्तान्त्रण गरेका छन् ।
यो अप्ठारो परिस्थितिमा आफुले थोरै भएपनि गाउँपालिकामा सहयोग गरेको समाजसेवी खड्काले बताएका छन् । उनले विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरस विरुद्ध विभिन्न संघ संस्था, स्थानीय तहले गरेको सहयोगले आम नागरिकलाई सहज हुने खड्काको विस्वास छ ।