शुक्रबार, बैशाख २१, २०८१

मण्डलीबाट दान उठाइ इसाई समाज सुर्खेतले ७ स्थानीय तहमा गर्यो सहयोग

  
कर्णाली टाइम्स मंगलबार, बैशाख २, २०७७

सुर्खेत । इसाई समाज सुर्खेतले वीरेन्द्रनगर नगरपालिका भित्र रहेका मण्डलीहरुबाट राहत संकलन गरि सुर्खेतका सात स्थानीय तहमा सहयोग हस्तान्त्रण गरेको छ । विश्वव्यापी महांमारीकारुपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनले दैनिक मजदुरी गरी बिहान बेलूकी छाक टार्ने र विपन्न नागरिकलाई आफुहरुको सानो सहयोगले पनि राहत मिल्न सकोस भनेर सहयोग गरेको इसाई समाज सुर्खेतका अध्यक्ष एवं पास्टर पदम गैरेले बताए । विभिन्न मण्डलीहरुबाट संकलन भएको रकमलाई त्यी स्थानीय तहका प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको छ । सुर्खेत जिल्ला भरिका चर्चहरु बाट जम्मा पाँचलाख तीस हजार ४ सय रकम संकलन भएको थियो । वीरेन्द्रनगर नगरपालिकाको राहत कोषमा दुईलाख एक हजार ५ सय, पञ्चपूरी नगरपालिकाको कोषमा ५१ हजार, चौकुने गाउँपालिकाको कोषमा २५ हजार, लेकबेशी नगरपालिकाको कोषमा ६८ हजार, बराहाताल गाउँपालिकाको कोषमा ५० हजार, भेरीगंगा नगरपालिकाको कोषमा ६० हजार, गुर्भाकोट नगरपालिकाको कोषमा ६५ हजार ९ सय गरी पाँच लाख ३० हजार ४ सय सहयोग हस्तान्त्रण गरिएको छ । मंगलबार वीरेन्द्रनगर नगरपालिकाको कोषमा जम्मा गरेको भौचर हस्तान्त्रण गर्न इसाई समाजका पदाधिकारीहरुले उपमेयर मोहनमाया ढकालाइ भेटेका थिए ।
नगरपालिकाको तर्फबाट उपमेयर मोहनमाया ढकालले भौचर हस्तान्तरण गर्दै विश्व नै अहिले कोरोना महांमारीले आतंकित भएको बेला यसरी सरकार सँग हातेमालो गरी सहयोग गरिदिन अनुरोध गरेकी छन् ।