शुक्रबार, जेष्ठ ४, २०८१

कालिकोटमा चट्याङ लागेर एक जनाको मृत्यु, ६ जना घाइते

  
कर्णाली टाइम्स शनिबार, बैशाख २०, २०७७

 

 सुर्खेत । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–८ मुम्रामा बिहीबार राति चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
चट्याङ् लागेर ५ वर्षीया रेखा दमाईको मृत्यु भएको र एकै परिवारका ६ जना घाइते भएका गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।
घाइते हुनेमा २३ वर्षीय धीरेन्द्र दमाई, ९ वर्षीय आयुष दमाई, ५ वर्षीय निखिल दमाई, १६ वर्षीय छत्र दमाई, २१ वर्षीया गीता दमाई र २१ वर्षीय हजुरा दमाई रहेका छन् ।
घाइतेहरूको रास्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । चट्याङ परेपछि घरमा आगलागी समेत भएको छ ।