बिहीबार, बैशाख २०, २०८१

आफै विमान चार्टर्ड गरेर गाउँ फर्किए हुम्लाका नागरिक

  
कर्णाली टाइम्स शनिबार, बैशाख २०, २०७७

सुर्खेत । कोरोना भाइरसको संक्रमण रोकनका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)का कारण सुर्खेत र नेपालगन्जमा अलपत्रमा परेका हुम्लाका नागरिक विमान चार्टर्ड गरी गाउँ फर्किएका छन् ।
आज  सुर्खेतबाट सीता एयरले ३ वटा उडान भरेको सुर्खेतमा विमान चार्टर्डको संयोजन गरिरहेका समाजसेवी कार्चेन लामाले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट प्रतिव्यक्ति १० हजार र नेपालगन्जबाट प्रतिव्यक्ति १० हजार ५ सय रुपैयाँ आफैं भाडा तिरेर गाउँ फर्किएका छन् ।
सीताले सुर्खेतबाट एक पटकमा १५ जनालाई उडान गर्दै आएको छ । सुर्खेतमा हुम्लाका करिब चार सय नागरिक लकडाउनमा फसेका छन् ।
त्यस्तै नेपालगन्जबाट एकपटकमा सीता एयरले १२, ताराले १७, गोमाले १५ र सिम्रिक एयरले १५ जनालाई हुम्ला सदरमुकाम सिमकोट पु¥याएका छन् ।
नेपालगन्जबाट पहिलो दिन चारवटा विमानले २÷२ वटा उडान भरेको थियो । नेपालगन्जमा हुम्लाका ५ सय जना नागरिक अड्िकएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हुम्लामा विमान उडानको अनुमति दिएपछि नागरिक आफैंले विमान चार्टर्ड गरेर गाउँ फर्कन थालेका हुन् ।
लकडाउनका कारण सुर्खेत र नेपालगन्जमा अलपत्र परेका नागरिकको उद्धारका लागि मन्त्रालयले तीन दिनका लागि उडान भर्ने अनुमति दिएको छ ।
सिमकोट विमानस्थलमा दिउँसो हावाको वेग बढ्ने भएका कारण हुम्लामा बिहानमात्रै उडान भर्न सकिने सुर्खेत विमानस्थले जनाएको छ । गाउँ फर्कि सकेपछि उनीहरुले सुरक्षितरुपमा होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बस्नुपर्नेछ ।