शुक्रबार, जेष्ठ ४, २०८१

कर्णाली ७ दिन सिल गरिने, २७ ठाउँमा चिकित्सक पठाइने

  
कर्णाली टाइम्स सोमवार, बैशाख २२, २०७७
कर्णाली प्रदेश विपद व्यवस्थापन समितिको बैठक

सुर्खेत । कर्णाली प्रदेश ७ दिनको लागि सिल गर्ने निर्णय भएको छ । कर्णालीसँग जोडिएका सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि सोमबार यस्तो निर्णय गरिएको हो । अब कर्णाली प्रवेश गर्ने सबै नाकामा आवतजावत पूर्ण रुपमा बन्द गरिनेछ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने निर्णय पनि गरेको छ । गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिने सामाजिक विकासमन्त्री दल रावलले बताए । उनका अनुसार स्वास्थ्यकर्मीको टोलीले संभावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रुत परीक्षण (आरडीट) समेत गर्नेछ ।