बिहीबार, बैशाख २०, २०८१

नेकपा पञ्चपुरीद्धारा नगरपालिकाकोे राहत कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग

  
कर्णाली टाइम्स सोमवार, बैशाख २२, २०७७

सुर्खेत । नेकपा पञ्चपुरी नगर कमिटीले पञ्चपुरी नगरपालिको राहत कोषमा एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । पञ्चपुरी नगर कमिटिले पार्टीका पदाधिकारी, नेता, ब्यापारी र कर्मचारीबाट एक लाख १४ हजार ६ सय रुपैयाँ सहयोग पार्टीको राहतकोषमा संकलन गरेको थियो । उक्त रकम सोमबार नगर कमिटीका अध्यक्ष मन बहादुर विक, सचिव केशव शाही, नेकपाका नेता भिम बहादुर रावत, विद्यार्थी नेता जगत ढकाल लगायतको उपस्सिथतिमा नगरप्रमुख उपेन्द्र बहादुर थापालाई हस्तान्त्रण गरिएको छ ।  बचेको रकमबाट पञ्चपुरी स्थित ४ वटै क्वारेन्टाइनहरुमा रहेका करिब ३ सय ९० जनालाई ३, ३ वटाका दरले ११ सय ७० अण्डा वितरण गरेको छ । यो महामारी नियन्त्रण नहुनेबेला सम्म निरन्तर सहयोगका कार्यक्रमहरु जारी रहने नगर कमिटीका सचिव केशव शाहीले जानकारी दिए ।