शुक्रबार, असोज २५, २०८१

कर्णाली प्रदेश सरकारको निर्णय, जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउने

  
कर्णाली टाइम्स शनिबार, बैशाख २७, २०७७

 सुर्खेत । कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीका लागि सांसदहरुको सुझाव संकलनका लागि बजेट अधिवेशन आव्हान गर्ने निर्णय गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
कर्णााली प्रदेशले आगामी वर्षका लागि ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यसको एक साताअघि वार्षिक नीति तथा कार्यक्रम ल्याइसक्नुपर्छ ।
लकडाउनका बिच पनि नीति तथा कार्यक्रम र बजेटको खाका तयार पार्न सरकारले कर्णालीमा सरकारी कार्यालयहरु सञ्चालनमा गर्दै आएको छ । हालसम्म कोरोना संक्रमित नभेटिएका कारण नीति तथा कार्यक्रम र बजेटको खाका कोर्न दुई साता अघिदेखिनै सरकारी कार्यालय खुल्ला गरिएका छन् ।