शनिबार, जेष्ठ ५, २०८१

रुकुम पश्चिमको हत्याकाण्डबारे दलित अधिकारकर्मीले बुझाए जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र (भिडिओसहित)

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ १३, २०७७

 

   जगतदल जनाला विक
सुर्खेत । रुकुमपश्चिमको चौरजहारी नगरपालिका –८ सोतीकीे सुष्मा मल्ल र जाजरकोटका भेरीगंगा नगरपालिका –४ राना गाउँका नवराज विक विचको प्रेम सम्वन्धलाई लिएर गरिएको हत्याकाण्डमा संलग्नलाई कानुन अनुसार कार्बाहीको माग गर्दै सुर्खेत स्थित दलित अधिकारकर्मी, अगुवा र भातृसंगठनमा प्रतिनिधिले ज्ञापनपत्र बझाएका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय सुर्खेत मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
चौरजहारी घटानाप्रति कर्णाली प्रदेशमा सक्रिय राजनीतिक दलका भातृ संगठन, नागरीक अगुवाहरु र सामाजिक संघ संस्थाहरुको गम्भिर ध्यानाकर्षण भएको समेत बताएका छन् ।
नवराज विकसहित तिन जनाको हत्या र ३ जना व्यक्तिलाई बेपत्ता पारीएको चौरजहारी घटना सिंगो दलित समुदाय र मानवअधिकार विरुद्धमा भएको अपराधिक जघन्य घटना समेत भएको उनीहरुले बताएका छन् ।
यस्तै यो घटनालाई लिएर संघीय संसद र प्रदेशका संघदमा समेत बहस चलेको छ । मंगलबार संघीय संसदमा साँसद मिन विश्वकर्मा, पार्वतीकुमारी बिशुन्के र कर्णाली प्रदेशका सांसद सिता नेपाली, दानसिंह परियार, रातो कामीले घटनालाई छिटो भन्दा छिटो छानबिन गरि दोषीलाई कानुन अनुसार कार्बाही गर्नुपर्नेमा जोड दिएका छन् ।

सुर्खेत स्थित दलित अधिकारकर्मी र विभन्न संघ संस्थाले जारी गरेको विज्ञप्ति यस्तो छ ।

सम्माननीय मन्त्री ज्यू,
गृह मन्त्रालय
सिंहदरवार, काठमाण्डौ, नेपाल
मार्फत
श्री प्रमुख जिल्ला अधिकारी ज्यू ,
जिल्ला प्रशासन कार्यालय, सुर्खेत
ज्ञापन पत्र
कर्णाली प्रदेश रुकुमपश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं.८, सोतीको सुष्मा मल्ल र जाजरकोटका भेरीगंगा नगरपालिका वडा नं.४,राना गाउँका नवराज वि.क. विच प्रेम सम्वन्धका कारणले निम्त्याएको गम्भीर जघन्य हत्याकाण्डको घोर निन्दा र भत्र्सना गर्दछौं । यस घटनाको जति भत्र्सना गरे पनिकम नै हुन्छ । चौरजहारी घटानाप्रति कर्णाली प्रदेशमा सक्रिय राजनीतिक दलका भातृ संगठन, नागरीक अगुवाहरु र सामाजिक संघ संस्थाहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।
नवराज वि.क. सहित तिन जनाको हत्या र ३ जना व्यक्तिलाई बेपत्ता पारीएको चौरजहारी घटना सिंगो दलित समुदाय र मानवअधिकार विरुद्धमा भएको अपराधिक जघन्य घटना हो । यस घटनाले नेपालको संविधान, कानुनहरु र नेपालपक्ष भएका अन्तर्राष्ट्रिय मानवअधिकार सम्वन्धि महासन्धिहरुको अपहेलाना गरेको छ । मान्छेको मर्यादित भएर समानतापुर्वक बांँच्न पाउने नैसर्गिक अधिकारको हनन भएको छ । तसर्थ हामी निम्न अनुसारको मागहरु अभिलम्व पुरा गर्न सम्वन्धित पक्षसंग अनुरोध गर्दछौ ।
मागहरु :

१. चौरजहारी घटनाको तत्काल छानविन गर्न संसदिय छानविन समिति गठन गरियोस ।
२. घटनामा संलग्न वडा अध्यक्ष डम्मर बहादुर मल्ल लगाएत सम्पुर्ण अपराधिहरुलाई अनुन्धान गरी आवश्यक कार्वाही सहित अपराधिहरुलाई जन्म कैद गरियोस ।
३.चौरजहारी घटनालाईलाई लापरवाही गर्ने, तोडमोड गर्ने घटनालाई मिलाउन खोज्ने, प्रहरी प्रशासन सहित जो कोहीलाई पनि छानविन गरी आवश्यक कारवाही गरियोस ।
४ मृतकका परिवारलाई सामाजिक सुरक्षा, न्याय तथा उचित क्षतिपुर्तिको व्यवस्था गरियोस ।
५. घटनामा बेपत्ताव्यक्तिहरुको तत्कालखोज तलास गरियोस ।
६. घटानाका घाईतेहरुको छिटो भन्दा छिटो उपचार तथा सुरक्षाको व्यवस्था गरियोस ।
७ मृतक नवराज वि.क. टिकाराम सुनार, गणेश बुढामगर सहिका मृतकहरुलाई सांस्कृतिक शहिद घोषणा गरि परिवारलाई क्षतिपुर्तीको व्यवस्था गरियोस ।
८. देशैभर दलित समुदायमाथि जघन्य अपराधका घटनाहरु वढीरहेका हुदा दलित दशक घोषणा गरियोस ।
९ संविधानको मर्म अनुसार पदाधिकारी विहिन राष्ट्रिय दलित आयोगको पुर्णता कायम गरियोस ।
१०. चौरजहारी घटनाका पिडितहरुलाई न्याय र पिडकहरुलाई कानुनी कार्वाहीका लागी राष्ट्रिय तथा अन्तर्राट्रिय समुदायलाई ऐक्यबद्धताको लागि आह्वान गर्दछौं ।

जनवर्गीय संगठन तथा दलित नागरिक अगुवाहरु
१. वसन्तकुमार विश्वकर्मा ( अध्यक्ष नेपाल दलित मुक्ति संगठन, सुर्खेत
२. भिम बहादुर परियार( अध्यक्ष नेपाल दलित संघ, सुर्खेत
३.संञ्जु सिह विश्वकर्मा ( दलित गैर सरकारी संस्था महासंघ
४ नारायण विश्वकर्मा ( नेपाल दलित तथा जनजाति विकास केन्द्र
५ राजेश शोनी– दलित सेवा संघ कर्णालि प्रदेश
६.खगिसरा वलि( दलित महिला संघ सुर्खेत
७. शान्ति पहाडि ( नेपाल राष्टिय दलित समाज कल्याण संघ
८ मञ्जु सुनार दलित अधिकार सञ्जाल कर्णाली प्रदेश
९ पुर्ण सुनार ( दलित सेवा संघ सुर्खेत
१०. मानबहादुर बसेल( सिरोड नेपाल सुर्खेत
११. गणेश कञ्चन भारती अध्यक्ष नेपाल पत्रकार महासघ सुर्खेत ।
१२. जगतदल जनाला विक अध्यक्ष राष्ट्रिय दलित पत्रकार संघ नेपाल, सुर्खेत

भिडिओ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :