सोमवार, जेष्ठ १४, २०८१

सुर्खेती समाज अष्ट्रेलियाद्धारा कर्णाली प्रदेश अस्पताललाई माक्स वितरण

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ १४, २०७७

सुर्खेत । सुर्खेती समाज अष्ट्रेलियाद्धारा कर्णाली प्रदेश अस्पताललाई एक लाख बराबरको N95 माक्स वितरण गएिको छ । समाजसेवी तथा युवा व्यवसायी जेपी पौडेलको समन्वयमा सुर्खेती समाज अष्ट्रेलियाका अध्यक्ष तथा एनआर एन एसीसी मेम्बर चन्द्र प्रकाश ढकालको कार्यसमितिले पहिलो चरण अनुसार अस्पताललाई सहयोग गरेका हुन् । बुधबार प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्कालाई समाजका प्रवक्ता याम बहादुर अधिकारी, सदस्य रोसन कार्की र समाजसेवी जेपी पौडेलको उपस्थितिमा हस्तान्त्रण गरिएको हो । प्रदेश अस्पतालका डाक्टर डम्मर खड्काले यो अवस्थामा स्वास्थ्यकर्मीहरुलाई माक्सको अति आवश्यक हुर्नेभएकोले अस्पताललाई सम्झेर सहयोग गरेकोमा धन्यावाद दिए । समाजका प्रवक्ता याम बहादुर अधिकारीले पहिलो चरणमा मास्क मात्र वितरण गरिएको र अबका दिनहरुमा अन्य सामग्री पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।