शनिबार, साउन १२, २०८१

स्वास्थ्य तालिम केन्द्र पुनःस्थापनाको माग

  
कर्णाली टाइम्स बिहीबार, भदौ ११, २०७७

सुर्खेत। प्रदेश स्वास्थ्य तालिम केन्द्रको पुनःस्थापनाको माग गर्दै सामाजिक विकास मन्त्री दल रावललाई ज्ञापनपत्र बुझाइएको छ ।

स्वास्थ्य प्रवद्धन तथा शिक्षा संघ नेपालले तालिम केन्द्रको पुनर्स्थापनाको माग गर्दै बिहीबार मन्त्री रावललाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।

स्वास्थ्य सेवाको प्रदेशस्तरको स्वास्थ्य तालिम केन्द्रलाई अन्य सेवाको तालिम केन्द्रहरुसंग एकीकृत गर्नु गलत भएको भन्दै ज्ञापनपत्र बुझाइएको संघका अध्यक्ष बद्रीबहादुर खड्काले जानकारी दिए ।

उनले मानव संसाधन विकास केन्द्र बनाएको र भएको दरबन्दी समेत कटौती गरी अस्तित्व नै निमिट्यान्न परेकोमो पेशागत संगठनको गम्भीर ध्यानाकर्षण भएको बताए ।

२०७६ भदौ ६ गते प्रदेशको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य तालिम केन्द्रलाई मानव संसाधन विकास केन्द्रमा मर्ज गरेको थियो । तर एकै ठाउँमा तालिम केन्द्र मर्ज गर्दा चिकित्सा क्षेत्रमा गुणस्तरीय तालिम व्यवस्थापनलाई उपेक्षा गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।