शनिबार, साउन १२, २०८१

मंगलबार कर्णालीमा १४ नयाँ संक्रमित थपिए

  
कर्णाली टाइम्स मंगलबार, भदौ १६, २०७७

सुर्खेत । मंगलबार कर्णाल्ीमा १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार सुर्खेतका ११, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुमलामा गरिएको पीसीआर परीक्षणमा २ र दैलेख अस्पतालमा गरिएको पीसीआर परीक्षणमा १ जना नयाँ व्यक्तिमा कोरोना पृष्टी भएको हो ।

जसमा सुर्खेतका ११ जना, जुम्लाका २ र दैलेखका १ जना रहेका छन् ।
मंगलबार मात्र २३ जनाले कोरोना जितेका छन् । हालसम्म कोरोनालाई जित्नेको संख्या २ हजार १ सय ९९ पुगेको छ । योसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या २ हजार ४ सय ५६ पुगेको छ । हालसम्म कर्णालीमा संक्रमण पुष्टी भएका मध्ये ६ जनाको मृत्यु भईसकेको छ ।

हाल कर्णालीका विभिन्न आइसोलेसनमा रहेका सक्रिय कोरोना विरामीको संख्या ३ सय २० जना रहेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार कर्णालीमा हालसम्म ५९ हजार ६ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।