आइतवार, बैशाख २३, २०८१

जिप दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरमार्फत सुर्खेत ल्याइँदै

  
कर्णाली टाइम्स सोमवार, भदौ २२, २०७७

सुर्खेत । डोल्पामा जिप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टर मार्फत सुर्खेत ल्याइने भएको छ । जीप दुर्घटनामा पाँचजना घाइते भएका छन ।

त्रिपुरासुन्दरी नगरपालिका-६, रुखबाडामा लु १ ज ४२२९ नम्बरको जिप दुर्घटनामा घाइते भएका मध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पाँचजना यात्रु बोकेर खदाङ्ग बजारबाट फुल्चिङ्ग तर्फ जाँदै गरेको जिप सोमबार बिहान १०ः३० बजे दुर्घटना भएको डोल्पाकी सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिइन् ।

सहायक प्रजिअ शर्माका अनुसार घाइते हुनेमा त्रिपुरासुन्दरी-५, का २४ वर्षीय चालक रामबहादुर रोकाय, २५ वर्षीय सवारी धनी नरबहादुर रोकाय, वडा नं-६, का लोकचन्द्र बिक, २६ वर्षीया हिरा बिक र २५ वर्षीया मिना पुन रहेका छन् ।

तीमध्ये चालक रामबहादुर रोकाय, सवारी धनी नरलाल रोकाय र लोकचन्द्रको अवस्था गम्भीर रहेको सहायक प्रजिअ शर्माले बताइन् । अन्य दुईको अवस्था भने सामान्य रहेको छ । जिप सडकबाट करिब ७० मिनेट तल खसेको र आशिंक क्षति भएको बताइएको छ ।