शुक्रबार, बैशाख २१, २०८१

कर्णालीका एकसय १४ जनामा कोरोना पुष्टि

  
कर्णाली टाइम्स बिहीबार, असोज १, २०७७

सुर्खेत । बिहीबार कर्णालीका २८ जना सुरक्षाकर्मीसहित एकसय १४ जनामा कोरोना पुष्टि भएपछि कर्णालीमा संक्रमितको कुल संख्या तीनहजार २४ पुगेको हो ।

प्रदेश अस्पताल, पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेखमा प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
बिहीबारसम्म संक्रमित हुनेमा सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी, शिक्षक, बैंकका कर्मचारीहरु पनि रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

संक्रमित हुनेमा सुर्खेतका ६४, दैलेखका १८, जाजरकोटका ६, कालिकोट चार, कैलाली, बाँके, डोल्पाका तीन, बर्दिया, कञ्चनपुर, अछाम दुईरदुई, सल्यान, हुम्ला, जुम्ला, रुकुमपश्चिम, पाल्पा, रोल्पा, सर्लाहीका एक-एक जना छन् ।

हालसम्म कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २८ रहेको छ । योसँगै कर्णालीमा डिस्चार्ज हुनको संख्या दुइ हजार ६३३ छ । नयाँ संक्रमितसहित संक्रिय विरामीको संख्या तीनसय ८९ जना रहेको छ । उनीहरु होम आइसोलेसन र अस्पताल तथा पालिकाले बनाएका आइसोलेसनमा रहेको कंडेलको भनाई छ ।