शनिबार, कार्तिक १०, २०८१

कर्णालीमा थपिए ४४ जना कोरोना संक्रमित

  
कर्णाली टाइम्स आइतवार, मंसिर २८, २०७७


सुर्खेत । आईतवार कर्णाली प्रदेशमा ४४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २१४ जनाको पिसीआर परीक्षण गरिएकोमा ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
आईतवार थपिएका ४४ जना कोरोना संक्रमितमध्ये ४ जना अन्य प्रदेशका छन् भने ४० जना कर्णालीका छन् । कर्णालिका जिजल्लाहरुमा सुर्खेतका १८, दैलेख र सल्यानका ६/६ जना, रुकुम पश्चिमका ८, कालिकोटका २ जना छन् ।
योसँगै कर्णाली प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७ हजार १०६ पुगेको छ । जसमध्ये हालसम्म ६ हजार ६३२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २५ जना डिस्चार्ज भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । हालसम्म कर्णाली प्रदेशका विभिन्न प्रयोगशालाहरुमा ९४ हजार २३७ जनजाको पिसीआर परीक्षण गरिएको छ ।
अब प्रदेशभर ३१३ जना सक्रीय संक्रमित विभिन्न अस्पताल तथा आईसोलेशनमा बसेर उपचार गराईरहेका छन् । जसमा सुर्खेतमा ११८, दैलेखमा ८, जाजरकोटमा ९, सल्यानमा १२७, रुकुम पश्चिममा २०, जुम्लामा १८, हुम्लामा ११ र मुगु र डोल्पामा एक/एक जना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।