शनिबार, कार्तिक १०, २०८१

सुर्खेतका कोरोना संक्रमितको ग्राण्डी अस्पतालमा मृत्यु

  
कर्णाली टाइम्स सोमवार, मंसिर २९, २०७७

सुर्खेत । सुर्खेतका एक जना कोरोना संक्रमितको काठमाडौंमा मृत्यु भएको छ । ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार गराईरहेका सुर्खेतको वीरेन्द्रनगर–९ का ४९ बर्षीय पुरुषको मंसिर २७ गते राति मृत्यु भएको हो ।
मंसिर ८ गते कोभिड–१९ पुष्टी भएका उनी दुई दिनसम्म होम आईसोलेशनमा बसेका थिए । पछि उनलाई अप्ठ्यारो भएपछि परिवारको आग्रहमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो ।
उक्त मेडिकल कलेजमा दुई दिन उपचारपछि उनलाई भेरी अस्पतालमा रिफर गरिएको थियो । त्यहाँ दुई दिन उपचारपश्चात उनलाई एअर लिफ्टिङ गरी काठमाडौंको ग्राण्डी अस्पतालमा लगिएको हो । मंसिर १४ गते ग्राण्डीमा भर्ना भएका उनको १४ दिनपछि मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँँडेलका अनुसार उनको आईतवार नै नेपालगञ्जमा शव व्यवस्थापन गरिएको छ ।
उनीसँगै कर्णालीमा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा सुर्खेतका १२ जना, दैलेखका ५, डोल्पा, कालिकोट, रुकुम पश्चिमका एक/एक, बाँकेका दुई जना रहेको कँडेलले बताए ।