शनिबार, कार्तिक १०, २०८१

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दशौं सिनेट आज काठमाडौंमा बस्दै

  
कर्णाली टाइम्स मंगलबार, मंसिर ३०, २०७७


सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दशौं सिनेट आज काठमाडौंमा बस्दै छ । विश्वविद्यालयका कुलपति तथा प्रधामन्त्री केपी शर्मा ओलीको कार्य व्यस्तताका कारण यस बर्षको सिनेट पनि काठमाडौंमै बस्न लागेको हो ।
‘कोरोनाले निम्त्याएको अवस्थासँगै प्रधानमन्त्री ज्युको कार्यव्यस्तताका कारण सिनेट काठमाडौंमा बस्दैछ,’ विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले भने, ‘विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेकै ठाउँमा सिनेट बस्दा उचित हुन्थ्यो, तैपनि अहिले मिलेन ।’
उपकुलपति सिंहका अनुसार आजको केही बेरमा सुरु हुने छ । पौने ११ बजेदेखि वैठक सुरु हुने भनिएपनि मन्त्रिपरिषद्को वैठक भएकाले केही पर सरेको उनले बताए ।
यसपटकको सिनेटमा विभिन्न सातवटा एजेण्डामाथि छलफल गरिने छ । आर्थिक बर्ष ०७६÷७७ को वार्षिक आयव्यय विवरण र यो बर्षको अनुमानित आयव्यय विवरण प्रस्तुत गरिने उपकुलपति सिंहले जानकारी दिए ।
यस्तै विश्वविद्यालयका नियमावलीहरु संशोधन, आंगिक क्याम्पसहरुका नाम हेरफेर, थप गर्नुपर्ने १३० वटा दरबन्दी, विश्वविद्यालयको आफ्नै सुरक्षा इकाईलगायतका एजेण्डाहरु आजको सिनेटमा पेश गरिने उनले बताए ।