शनिबार, कार्तिक १०, २०८१

ऊखु किसानको माग पूरा गर्न नेपाली काँग्रेसका महामन्त्री खड्काको आग्रह

  
कर्णाली टाइम्स मंगलबार, मंसिर ३०, २०७७


सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले ऊखु किसानहरुको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खड्काले ऊखु किसानको माग पूरा गर्न सरकारलाई आग्रह गरेका हुन् ।
उनले फेसबुक स्टाटसमार्फत ऊखु किसानहरुको आन्दोलनमा नेपाली काँग्रेसको ऐक्यवद्धता रहेको बताएका छन् । ‘आफ्नो पसिनाको मूल्य नपाएर राजधानी काठमाडौंसम्म आएर रकम भुक्तानीका लागि आन्दोलन गर्नुपर्ने बाध्यतामा पुग्नुभएका उखु किसानहरुको आन्दोलनमा हाम्रो ऐक्यवद्धता,’ महामन्त्री खड्काले लेखेका छन्, ‘समयमै उखु किसानका माग पूरा गरी रकम भुक्तानीको व्यवस्था तत्काल गर्न सरकारको गम्भीर ध्यानाकार्षण गर्दछांै ।’
केही समय यता ऊखु किसानहरु आफ्नो उत्पादनको मूल्य पाउनुपर्ने माग गर्दै काठमाडौंमै पुगेर आन्दोलन गरिरहेका छन् । ति किसानहरुको माग सरकारले भने बेवास्ता गरिरहेको छ ।