शुक्रबार, बैशाख २१, २०८१

ज्येष्ठ नागरिक भत्ता ४ हजार पुग्यो

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ १५, २०७८


सुर्खेत । सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएका हुन् । हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ दिँदै आएको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।