शुक्रबार, बैशाख २१, २०८१

काँग्रेस अधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नम्बर २ मा पनि संस्थापन पक्षको प्यानल नै विजयी

  
कर्णाली टाइम्स बुधबार, मंसिर ८, २०७८


सुर्खेत। नेपाली काँग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नम्बर २ मा पनि संस्थापन पक्षको प्यानल विजयी भएको छ । मंगलबार भएको निर्वाचनबाट क्षेत्र नम्बर २ मा पनि संस्थापन पक्षको प्यानल विजयी भएको छ ।
निर्वाचनबाट क्षेत्र नम्बर २ को क्षेत्री सभापतिमा ईन्द्रबहादुर रावल निर्वाचित भएका छन् । सचिवमा दिलिपकुमार बस्नेत र बलबहादुर विष्ट, सहसचिवमा गगनबहादुर नेपाली र शेरबहादुर अधिकारी निर्वाचित भएका छन् ।
प्रत्यक्षतर्फबाट सदस्यहरुमा काले कामी, चक्रबहादुर सिंह, देवबहादुर थापा निर्वाचित भएका छन् भने महिला सदस्यमा बसन्ती कुमारी बस्नेत निर्वाचित भएकी छन् ।
खस आर्यतर्फ छत्रबहादुर बडुवाल, सुशिल भट्टराई निर्वाचित भएका छन् । खस आर्यबाट महिला सदस्यमा सिता पौडेल गौतम, आदिवासी जनजातीबाट सुनिता लामा गुरुङ, दलितबाट नयनसिंह विक, दलित महिलाबाट भद्राकुमारी मिजार क्षेत्री कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उपेन्द्र बहादुर थापा, कलमबहादुर खत्री, कालीप्रसाद शाक्य, टोपबहादुर रावत, तिर्थजंग शाही, नारायणप्रसाद सापकोटा, निरञ्जन केसी, यज्ञबहादुर बुढाक्षेत्री, विष्णुबहादुर खड्का, श्यामकुमार भारती निर्वाचित भएका छन् ।
महिलाबाट प्रत्यक्षमा जानकी सिंह, धनादेवी विष्ट, मुक्तिदेवि पुरी र रुकमणि रेग्मी निर्वाचित भएका छन् । खस आर्यमा प्रत्यक्षतर्फ डिल्लीराम पाठक, देवकुमार सुवेदी, विवेक आचार्य चयन भएका छन् ।
खस आर्यतर्फको प्रत्यक्षबाट महिलामा जयमाला योगी र हजुरा शाही निर्वाचित भएका छन् ।
आदिवासी जनजातीबाट पूर्णबहादुर राना, आदिवासी जनजाती महिलामा अमृता पुलामी मगर, दलिततर्फबाट लोकबहादुर विश्वकर्मा, दलित महिलाबाट शान्ति पहाडी, मुस्लिम, मधेशी, थारु अलपसंख्यक वा अपांगता कोटाबाट सतार वक्स केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
अधिवेशनबाट सुर्खेतको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पनि संस्थापन पक्षको नै प्यानल विजयी भएको थियो । क्षेत्र नम्बर १ को क्षेत्री सभापतिमा झकबहादुर डाँगी निर्वाचित भएका हुन् ।

यो पनि पढ्नुहोस्:

सुर्खेतको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा संस्थापन पक्षबाट प्यानल नै विजयी, सभापतिमा डाँगी