आइतवार, जेष्ठ ६, २०८१

प्रजातन्त्र दिवसको अवसरमा कर्णाली सरकारले सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने

  
कर्णाली टाइम्स बिहीबार, फागुन ५, २०७८


सुर्खेत। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले प्रदेशस्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ। बिहिवार बसेको वैठकले सबै कार्यालयहरुमा शुक्रबारदेखि आईतबारसम्म राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको हो।

प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकायहरुमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरिएको हो।

यस्तै दिवसको अवसरमा तीन दिनसम्म दिपावलीसहित विभिन्न कार्यक्रम गर्ने निर्णय कर्णाली प्रदेश सरकारले गरेको छ। हरेक साँझ प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकायमा दिपावली गर्ने निर्णय गरिएको हो।

कर्णाली प्रदेशभरका नागरिकले पनि आ–आफ्नो घरमा तीन दिनसम्म दिपावली गर्न सरकारले आग्रह गरेको छ।

दिवसकै अवसरमा स्थानीय प्रशासनसँगको सहकार्यमा शनिबार वीरेन्द्रनगर–४ स्थित शहिदपार्कमा मुख्यमन्त्री, सरकारका मन्त्री, कर्मचारी र सरोकारवालाहरुको उपस्थितिमा सरसफाई गर्ने योजना पनि बनाईएको छ।