आइतवार, बैशाख २३, २०८१

दैलेख–सुर्खेत सडकबाट सिँधै दुल्लु जोड्ने मोटरेबल पुल निर्माण सुरु

  
कर्णाली टाइम्स शुक्रबार, फागुन ६, २०७८


सुर्खेत। दैलेख–सुर्खेत सडक खण्डबाट सिँधै दैलेखको दुल्लु नगरपालिका जोड्ने मोटरेबल पुल निर्माण थालिएको छ। दुल्लु नगरपालिका–११ कालभैरव र नारायण नगरपालिका–६ को बीचमा पर्ने कईलकुनामा मोटरेबल पुल निर्माण सुरु भएको हो।
पुलको शुक्रबार शिलान्यास गरिएको छ। दैलेख निर्वाचन क्षेत्र २ (क) का सांसद सुशिला थापा, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी लगायतका जनप्रतिनिधिहरुले पुलेका शिलान्यास गरेका हुन्।
कर्णाली प्रदेश सरकारको बजेटबाट बन्ने उक्त पुल निर्माण सम्पन्न भएपछि दैलेख सदरमुकाम नपुगेरै दुल्लु जान सकिनेछ। दुल्लु नगरपालिकामा पर्ने कालभैरव, मालिका, छिउडीपुसाकोट, गमौडी लगायतका गाउँहरु उक्त पुल सञ्चालन भएपछि प्रत्यक्ष लाभान्वित हुनेछन्।
पुलको लागि प्रदेश सरकारबाट पहिलो चरणमा ११ करोड रुपैयाँ विनियोजन गरिएको छ। क्रमागत योजनामा रहेको उक्त पुलको लम्बाई ५२ मिटर रहेको छ।