शुक्रबार, असार २०, २०८२

जयन्तीले वृद्धाश्रममा मनाईन् छोराको जन्मदिन

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ ११, २०७९


सुर्खेत। अमेरिकामा बस्दै आएकी सुर्खेतकी जयन्ती थापाले वीरेन्द्रनगरमा रहेको प्रशान्ति बृद्धाश्रममा आफ्नो छोराको जन्म दिन मनाएकी छन्।
अमेरिका गएका ८ बर्षपछि परिवारसहित नेपाल फर्किएकी थापाले बुधवार छोरा देशन चन्दको दशौं जन्मदिन बृद्धाश्रममा मनाएकी हुन्।
जन्मदिनको अवसरमा उनले बृद्धाश्रममा आश्रितहरुलाई बिहानको खाना खुवाएकी छन् भने १५ हजार रुपैयाँ नगद सहयोग गरेकी छन्।
लामो समयपछि नेपाल फर्किएकाले यहाँ गरिने सबै गतिविधिको सुरुआत् ज्येष्ठ आमाबुवाको आर्शिवाद लिएर सुरु गरेको उनले बताईन्। ‘कुनै पनि काम गर्दा बाबाआमाको साथ लिएर गर्नू भन्ने सामाजिक मान्यता हुन्छ, मैंले पनि यहाँ वृद्धाश्रममा भएका हजुरहरुबाट आर्शिवाद लिएर यहाँको बसाई र कार्यलाई सुखद् बनाउन चाहन्छु।’ उनले भनिन्।
२०१० मा अमेरिका गएकी थापाले आफ्नो जन्मभूमिमा विभिन्न खालका सहयोग गर्दै आएकी छन्।