मंगलबार, बैशाख १८, २०८१

कर्णाली प्रदेशको बजेट वक्तव्य सुरु

  
कर्णाली टाइम्स बुधबार, असार १, २०७९

कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९र८० को बजेट ल्याइएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले संसदमा बजेट प्रस्तुत गरिरहेका छन्।

सडक, खानेपानी, सिँचाइ, स्वास्थ्यमा तीव्र विकास गर्ने, बहुआयामिक गरिबी न्यूनीकरण गर्ने, कर्णालीलाई लगानी प्रदेशको रूपमा विकास गर्ने, विभेद अन्त्यका लागि सबै वर्गको पहुँच सुनिश्चित गर्ने आर्थिक वर्ष ०७९र८० को वार्षिक बजेटको उद्देश्य छ।

शिघ्र प्रतिफल प्राप्त हुने र अधुरा आयोजना पूरा गर्ने, सवल र दक्ष जनशक्ति उत्पादन, स्वावलम्बी र सीपमूलक जनशक्ति उत्पादन गर्न आधुनिक पाठ्यसामग्री निर्माण, मौसमअनुकूल कृषि बालीको वृद्धि, उद्योगमार्फत् तुलनात्मक लाभका वस्तु उत्पादन, पर्यटकीय पूर्वाधारमा लगानी जस्ता विषय बजेटको प्राथमिकतामा छन्।

कर्णाली प्रदेश सडक गुरूयोजना निर्माण गर्ने, गुरूयोजनाको प्राथमिकताका आधारमा योजना बनाइने, प्रदेशको विकासको सम्भावनाको रूपमा रहेको भेरी करिडोरको तीव्र निर्माणका लागि संघीय सरकारसँग समन्वय, प्रत्येक जिल्लामा एउटा सडकलाई प्रदेश गौरवको आयोजनाको रूपमा लिने, क्रमागत, अधुरा र रूग्ण आयोजनालाई प्राथमिकता दिएर बजेट विनियोजन जस्ता कार्यक्रम आर्थिक वर्ष ०७९र८० को बजेटमा छन्।

यो बजेट कर्णाली प्रदेशको पहिलो सरकारको अन्तिम हो।

हालसम्मका पाँच आर्थिक वर्षका बजेटमा कुल ९८ अर्ब ६१ करोड ६६ लाख ३५ हजार रुपैयाँ विनियोजन भएको थियो। चालु आर्थिक बर्षको कुल बजेटमध्ये जेठ मसान्तसम्म ३०।२० प्रतिशत बजेट खर्च भएको छ।