शुक्रबार, जेष्ठ ४, २०८१

कर्णाली प्रदेश सरकाले आउँदो आर्थिक बर्षका लागि ल्यायो ३२ अर्ब ६१ करोड बजेट (पूर्णपाठसहित)

  
कर्णाली टाइम्स बुधबार, असार १, २०७९

सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बुधवार संसदमा बजेट प्रस्तुत गरेका हुन्।
कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष ०७९/८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ विनियोजना गरेको छ। जसमध्ये चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार छ भने पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ छ।
कर्णाली प्रदेश सरकाले आगामी आर्थिक बर्षको बजेट बहुआयामिक गरिबी न्यूनीकरण, स्वास्थ्यमा तीव्र विकासको उद्देश्यसहित ल्याएको छ।
सडक, खानेपानी, सिँचाइ, स्वास्थ्यमा तीव्र विकास गर्ने, बहुआयामिक गरिबी न्यूनीकरण गर्ने, कर्णालीलाई लगानी प्रदेशको रुपमा विकास गर्ने, विभेद अन्त्यका लागि सबै वर्गको पहुँच सुनिश्चित गर्ने आर्थिक वर्ष ०७९/८० को वार्षिक बजेटको उद्देश्य छ।
शिघ्र प्रतिफल प्राप्त हुने र अधुरा आयोजना पूरा गर्ने, सवल र दक्ष जनशक्ति उत्पादन, स्वावलम्बी र सीपमूलक जनशक्ति उत्पादन गर्न आधुनिक पाठ्यसामग्री निर्माण, मौसमअनुकूल कृषि बालीको वृद्धि, उद्योगमार्फत् तुलनात्मक लाभका वस्तु उत्पादन, पर्यटकीय पूर्वाधारमा लगानी जस्ता विषय बजेटको प्राथमिकतामा छन्।
हालसम्म कर्णाली प्रदेश सरकारले ल्याएका चार आर्थिक वर्षका बजेटमा कुल ९८ अर्ब ६१ करोड ६६ लाख ३५ हजार रुपैयाँ विनियोजन भएको थियो।
पीडिएफमा हेर्नुस् २०७९/८० को कर्णालीको बजेट वक्तव्य