आइतवार, बैशाख २३, २०८१

कर्णालीमा लेखन र पठनको सुरुआत् योगी नरहरीनाथले गरेका हुन्ः प्रदेश प्रमुख परियार

  
कर्णाली टाइम्स मंगलबार, बैशाख ११, २०८१


सुर्खेत। कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णालीको विगत गौरवपूर्ण रहेको बताएका छन्। योगी नरहरीनाथको जन्म भएको प्रदेश भएकाले यहाँ अध्ययनका लागि थुप्रै पुस्तकहरुको जन्म भएको उनले बताए। कर्णालीमा पहिलोपटक आयोजना गरिएको कर्णाली लिट्रेचर फेस्टिभलको उद्घाटन गर्दै परियारले कर्णालीको इतिहासको बारेमा थुप्रै पुस्तकहरु लेखिएकाले खोजेर पढ्नुपर्ने औंल्याए।
योगी नरहरीनाथले आफ्नो पालादेखि कर्णालीको इतिहास र अवस्थाको विषयमा जानकारी गराएको उनले बताए।
‘उहाँ विद्वान, दुरदृष्टि राख्ने व्यक्ति हुनुहुन्थ्यो, नरहरीनाथले लेखन र पठन संस्कृतिको सुरुआत् कर्णालीमा गर्नुभएको थियो।’ उनले भने।
कर्णाली रिडर्स सोसाइटीद्वारा सञ्चालित कर्णाली साहित्य महोत्सवमा कर्णालीको भाषा, साहित्य तथा संस्कृतिको विकास गर्ने उद्देश्यका साथ सत्रहरु सञ्चालन गरिएको छ।
उत्सवमा योगी नरहरीनाथ लगायतका लेखकहरुले कर्णालीको इतिहासका विषयमा लेखेका पुस्तकहरु प्रदर्शनीमा राखिएको छ।
कर्णालीका विषयमा लेखिएका करिब ५ सय वर्ष पुराना पुस्तकहरु संकलन गरिएको फेस्टिभलका संयोजक डाक्टर नवराज केसीले बताए।