सुर्खेत। व्यक्तिगत पहिचानको पहिलो आधार जन्मदर्ताको विषयमा वीरेन्द्रनगरमा अन्र्तक्रिया गरिएको छ। सोमबार वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि, पञ्जिकाधिकारी तथा अधिवक्ताबीच जन्मदर्ताको विषयमा छलफल गरिएको हो।
नगरपालिकाको आयोजना तथा पञ्जीकरण क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) को समन्वयमा ‘लैङ्गिक, अपांगता र सामाजिक समावेशीकरणको परिप्रेक्ष्यमा पञ्जिकरण (जन्मदर्ता)’ विषययक छलफल आयोजना गरिएको हो।
छलफलका क्रममा पञ्जीकरणका क्षेत्रमा प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, महासन्धी लगायतका विषयमा छलफल गरिएको थियो।
छलफलको विषयगत सहजीकरण एफडब्लुएलडीमा कार्यरत अधिवक्ता सविन श्रेष्ठले गरेका थिए। उनले नेपालको संविधानप्रदत्त पहिचानसम्बन्धि हक, बालबालिकाको अधिकार प्राप्तीका आधारका रुपमा रहेका पञ्जीकरणका विषय, बालअधिकार सम्बन्धि महासन्धीले बालबालिकाको पहिचानका लागि गरेको व्यवस्था लगायतका विषयमा सहजीकरण गरेका थिए।
छलफलमा वीरेन्द्रनगर नगरपालिकाका वडाध्यक्ष, वडासचिव लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो।
कर्णाली टाइम्स
सोमवार, बैशाख १७, २०८१