बुधबार, बैशाख ५, २०८१

बिहीवार कर्णालीका थप १२ जनामा कोरोना पुष्टि, सक्रिय बिरामीको संख्या न्यून

  
जगतदल जनाला विक बिहीबार, साउन १, २०७७

सुर्खेत। बिहीवार कर्णालीका थप १द्द जनामा कोरोना संक्तमण पुष्टि भएको छ । हालसम्म कर्णालीमा एक हजार सात सय २६ जना मध्ये १४ सय ८८ जना कोरोना मुक्त भई घर फर्किएका छन् । दुई सय २९ जना मात्र कोरोनाका सक्रिय बिरामी रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।
उनका अनुसार कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।
सुर्खेत, मुगु र रुकुमपश्चिमका एक एक जना, दैलेखका ५ जना, सल्यान र जाजरकोटका दुई, दुई जना गरी १२ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ५ जनाको, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक एक जना र दैलेख अस्पतालमा ५ जनाको पीसीआर परीक्षण गरिएको हो ।
जिल्लागत संक्रमितको संख्या

कर्णालीका मात्र हालसम्मको जम्मा १७२६ जना मध्ये जिल्लागत संख्या दैलेखमा ८०६ जना, सुर्खेतमा ४९७ जना, सल्यानमा २१८ जना, कालिकोटमा ५७ जना, जुम्लामा ४० जना, जाजरकोटमा २३ जना, मुगुमा ६ जना, हुम्लामा २ जना, डोल्पामा ४ जना र रुकुमपश्चिममा २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ५३ जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।