शुक्रबार, बैशाख ७, २०८१

५० जना युवा इजायल पठाइने

  
कर्णाली टाइम्स मंगलबार, माघ २८, २०७६


सुर्खेत, २८ माघ ।
कोहिनुर मल्टी टेक्निकल कलेज प्रालिले ५० जना युवाहरुलाई इजरायली कृषि प्रविधिमा काम गर्नका लागि पठाउने तयारी गरेको छ । हाइटेक प्रविधि, थोपा सिंचाई फर्टिगेसन, इन्सेक्ट, नेट कृषि प्रविधि स्थापित गर्नका लागि ‘सिक र ग’ कार्यक्रम मार्फत युवाहरु पठाउन लागिएको हो ।
आराभा मोर्डन एग्रिकल्चर लिमिटेड र कोनिुर मल्टी टेक्निकल प्रालि बिच २०७६–माघ ११ मा गरिएको सम्झौता अनुसार तिन महिने इजरायली मोडेलको कृषि तालिम गराई ११ महिनाका लागि पठाइने कोहिनुर मल्टी टेक्निकल कलेज प्रालिका अध्यक्ष बखत कहादुर भण्डारीले बताए । ‘हामीले आवेदन लिन्छौं त्यसपछि तिन महिनाको तालिम सञ्चालन गरेर त्यसको अन्तरवार्ताबाट छनोटमा परेका ५० जनालाई ११ महिने इन्टर्नसिपका लागि पठाउँछौं ।’ भण्डारीले भने,’ इजरायलबाट फर्केपछि त्यहाँको कृषि प्रविधिको सदुपयोग गरी कर्णाली प्रदेशको कृषिमा थप नयाँ आधुकिकीकरण थपिनेछ ।
इजरायल जानका लागि जम्मा २ लाख बराबर लाग्ने र ११ महिनामा सिप संगैं १५ लाख नेपाली कमाउन सकिने कलेजले जनाएको छ । विगत पाँच वर्षदेखि कुहिनुरले युवाहरुका लागि विभिन्न सिपमुलक कार्यक्रमहरु ल्याई दुईसय ५० जना युवाहरुलाई स्वरोजगार बनाएको छ ।