शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसले मुख्यमन्त्रीलाई पठायाे पठायो कर्णाली सरकारमा सहभागी हुने सांसद्को नाम

सुर्खेतका सांसद यज्ञ बहादुर विसी सामाजिक विकास मन्त्री, जुम्लाका सांसद् दीनबन्धु श्रेष्ठ जलस्रोत तथा उर्जा मन्त्री बन्ने

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ २२, २०७८
यज्ञ विसी (बाँयाँ), दीनबन्धु श्रेष्ठ (दायाँ)

सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारमा बन्त्री बन्ने दुईजना सांसदहरुको नाम तोकेको छ । संसदीय दलको शनिबार बसेको वैठकले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
यी दुई नाम नियुक्तीका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पठाईसकिएको छ ।
संसदीय दलले प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरुका लागि आचारसंहिता पनि बनाएको छ ।
सरकारमा सहभागी हुनेहरुका लागि कांग्रेसले १३ बुँदे आचारसंहिता पनि जारी गरेको छ । आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशिलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, शादा जीवनशैली अपनाउने उल्लेख छ । यस्तै सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ । मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न पनि कांग्रेसले प्रतिवन्ध लगाएको छ ।
सरकारमा सहभागी हुने मन्त्रीहरुले नागरिकहरुप्रति समान व्यवहार गर्नुपर्ने उल्लेख छ । ‘कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनैपनि कार्यलाई निरुत्साहित गर्नुपर्ने छ,’ आचारसंहितामा भनिएको छ, ‘कानुनले बर्जित गरेका कुनेपनि आचरण विपरित हुने कार्यहरु गर्न पाइने छैन् ।’
अब कर्णाली प्रदेश सरकारमा माओवादीका मुख्यमन्त्रीसहित ३ जना, एमालेबाट फ्लोर क्रस गरी कारबाहीमा परेका स्वतन्त्र ३ जना र काँग्रेसबाट २ जना मन्त्री हुनेछन् । सुरुमा सात सदस्यीय मन्त्रिपरिषद् अहिले फुटाएर ८ सदस्यीय बनाईएको छ ।