बिहीबार, बैशाख ६, २०८१

राउटे युवतीलाई होटलमा राखेर जबर्जस्ती भिडियो बनाउने तीनजना पक्राउ

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ २३, २०७८


सुर्खेत । राउटे युवतिलाई होटलमा राखेर भिडियो बनाएका तीजना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले शनिवार उनीहरुलाई पक्राउ गरेको हो ।
गुर्भाकोट–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका राउटे समुदायका युवतीहरुलाई नजिकैको बजारमा रहेको होटलको कोठामा लिएर उनीहरुले भिडियो बनाएका थिए ।
पक्राउ पर्नेहरुमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षीय दोमन बहादुर घर्ती, २४ बर्षका भूपेन्द्र बुढा र होटल सञ्चालक २९ बर्षका विनोद पुन रहेका छन् ।
उनीहरुले राउटे युवतीहरुलाई लिएर आफूहरु अर्धनग्न बनेर भिडियो बनाएका थिए । उनीहरुले बनाएको भिडियो सामाजिक सञ्जालहरुमा अपलोड भएपछि पक्राउ गरिएको हो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले उनीहरुलाई कानुनी कारबाहीका लागि थप अनुसन्धान भईरहेको जानकारी दिए ।