शुक्रबार, बैशाख १४, २०८१

पुनर्वहाली भएका सांसद्लाई एमाले संसदीय दलले मन्त्रीबाट फिर्ता बोलाउने

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ २८, २०७८


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले पुनर्वहाली भएका आफ्ना सांसदहरुलाई सरकारबाट फिर्ता बोलाउने भएको छ । सर्वोच्च अदालतले पुनर्वहाली गरेका कर्णालीका चारजना सांसदध्ये तीनजना मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी छन् ।
कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, नन्दसिंह बुढा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री र अम्मर बहादुर थापा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गरेका उनीहरुलाई वैशाख ४ गते मन्त्रीमा नियुक्त गरिएको थियो । फ्लोर क्रस गरेपछि एमाले प्रदेश संसदीय दलको सिफारिसमा चारजनालाई महाधिवेशन आयोजक कमिटीले सांसद् र पार्टीबाट निष्काशन गरिदिएको थियो ।
शुक्रबारको संसदमा बोल्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले सर्वोच्चको फैसलापछि कर्णालीको संसदीय दलको संरचना परिवर्तन भएको बताए । उनले दलीय व्यवस्थामा सांसद्हरुलाई आफ्नो ईच्छा अनुसार काम गर्न नपाईने समेत बताए ।