कर्णाली टाइम्स
आइतवार, माघ ९, २०७८

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर–६ सनिहल लाईन टोलमा मोवाईल मर्मत केन्द्र सञ्चालन गर्ने वीरेन्द्रनगर–९ का सुनिल खत्रीलाई शनिबार पक्राउ गरिएको हो।
उनको पसला लागुऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
२७ बर्षीय खत्रीको शरीर खानतलासी गर्दा सामसुङ कम्पनीको मोाईलको चार्जरको पछाडि क्यापभित्र लुकाएको अवस्थामा ७ पुडिया लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उक्त लागुऔषध प्लाष्टिकबाहेक १४० मिलिग्राम रहेको छ। उनको साथबाट मोवाईल पनि बरामद गरिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भईरहेको छ।
