शुक्रबार, चैत्र १६, २०८०

कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको बसमा आगलागी, मानवीय क्षती हुनबाट बच्यो

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र ११, २०७८


सुर्खेत। कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ। शुक्रबार दिउँसो कालीकोटबाट आउने क्रममा सुर्खेतको बराहताल गाउँपालिका–८ ओदालताल नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो।
३ बजेर २५ मिनेटमा बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
गाडीमा आगलागी भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगलागीमा अरु सामान वा भौतिक क्षति कति भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ।
बसमा लागेको आगो वीरेन्द्रनगरबाट दमकल गएर निभाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
बसको ब्याट्रीमा अचानक आगलागी भएर आगो लागेको प्रहरीले जनाएके छ। बसमा ३० जना यात्रु सवार थिए।