सुर्खेत। इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्। उनले २७७७२ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१९४२ मत पाए।
नेम्वाङले खड्कालाई ५८३० मतान्तरले पछि पारेका हुन्।
मूढा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११४५७ मत ल्याएर तेस्रो भएका छन्।
चौथो स्थानमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५०५० मत पाएका छन्।
इलाम– २ मा जम्मा ६९२८७ मत खसेको थियो।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम– २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।
यो उपनिर्वाचनमा इलाम–२ मा रास्वपा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशनलगायत १६ उम्मेदवारको जमानत जफत भएको छ।
कर्णाली टाइम्स
मंगलबार, बैशाख १८, २०८१