शनिबार, बैशाख १५, २०८१

कोरोना प्रभावः श्रम स्वीकृति पुनः स्थगित

  
कर्णाली टाइम्स शुक्रबार, फागुन ३०, २०७६


जगतदल जनाला, विक सुर्खेत । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति पुनःस्थगित गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको विरुद्ध उच्च सतर्कता अपनाउँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषदले २९ गते गरेको निर्णय अनुसार वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृत र पुनः श्रमस्वीकृति (संस्थागत र व्यक्तिगत) स्थगित गरिएको हो ।

श्रम तथा रोजगार कार्यालय सुर्खेतकी निमित्त वरिष्ठ श्रम अधिकृत सुनिता कुमारी दर्लामीका अनुसार फागुन २८ गते कतारका  र २९ गते कुवेतको लागि बन्द गरिएको थियो । शुक्रवार देखि देशभरीका श्रम तथा रोजगार स्वीकृत कार्यालयमा स्वीकृत बन्द गरिएको छ ।

 

श्रम तथा रोजगार कार्यालय सुर्खेतले शुक्रवार प्रकाशित गरेको सुचना ।

‘कोरोनाको सन्त्रास कम नभए सम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई अनिचितरुपमा स्थगित गर्न वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ ।’ श्रम अधिकृत दर्लामीले भनिन्, आज देखि सुचना टाँस गरि आम नागरिकलाई जानकारी गराएका छौं । यस्तैे कर्णाली प्रदेश सरकारले पनि कोरोना भाइरसको सतर्कताका लागि विभिन्न ठाउँमा हेल्प डेस्क र अस्पतालमा आवश्यक तयारी गरेको छ ।