शुक्रबार, असार २०, २०८२

माटो खन्न गएकी महिलाको चेपिएर मृत्यु

  
कर्णाली टाइम्स बिहीबार, असोज १७, २०८१


सुर्खेत। माटो खन्ने क्रममा माथीबाट खसेको ढुंगाले चेपिएर सुर्खेतमा एक जना महिलाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–६ की ३८ बर्षीया ज्योती वलीको चेपिएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहिबार बिहान गुर्भाकोट–७ स्थित सानोठकेनीमा माटो निकाल्न गएकी उनको माथीबाट खसेको ढुंगाले च्यापेर मृत्यु भएको हो।

उनी खोलाको छेउमा घर पोत्ने माटो निकाल्न गएकी थिईन्।