शनिबार, असार १४, २०८२

मध्यपश्चिम विश्वविद्यालयका राजिष्ट्रार कँडेलले गरे पदभार ग्रहण

  
कर्णाली टाइम्स बुधबार, कार्तिक २८, २०८१


सुर्खेत। मध्यपश्चि विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलले पदभार ग्रहण गरेका छन्। बुधबार उनले औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन्।

उनलाई विश्वविद्यालयका उपकुलपनि प्रा.डा. ध्रुवकुमार गौतम लगायतका पदाधिकारीले स्वागत गरेका थिए।

पदभार ग्रहण गर्दै रजिष्ट्रार कँडेलले विश्वविद्यालयको हितका लागि क्रियाशिल हुने बताए। विश्वविद्यालयलाई राम्रो बनाउन सम्बन्धित सरोकारवालासँग सहकार्य गर्ने उनले बताए।

यसअघिका रजिष्ट्र नारायण प्रसाद पौडेलको पदावधि सकिएपछि कँडेल नियुक्त भएका हुन्।

रजिष्ट्रार पदका लागि ११ जनाले प्रतिस्पर्धा गरेका थिए। प्रा.डा. यादवराज कोईरालाको संयोजकत्वमा रहेको छनोट समितिले तीमध्येबाट तीन जनालाई नियुक्त गर्न सकिनेगरि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई सिफारिस गरेको थियो।

कँडेलसँगै प्रा.डा. यामबहादुर कार्की र आनन्द सुवेदीलाई समितिले सिफारिस गरेको थियो।