सोमवार, मंसिर १७, २०८१

मृत्यु र आत्महत्याबीच के छ सम्बन्ध ?

  
कर्णाली टाइम्स बुधबार, माघ १५, २०७६

जगतदल जनाला विक

मंगलबार बिहान टिपरको ठक्करबाट कालीकोटका युवा केशरबहादुर सिंहको मृत्यु भयो । त्यसको केही समयपछि अर्को दुखान्त खबर सुनियो, उनकी प्रेमिकाले आत्महत्या गरिन् ।
के केशरबहादुर र आत्महत्या गरेको भनिएकी युवती अरुणा शाही प्रेमी–प्रमिका हुन् त ? कर्णाली टाइम्सको सोधखोजमा यी दुईबीच यस्तोखाले सम्बन्ध नरहेको पत्ता लागेको छ । मृतकका आफन्त भन्छन्, ‘उनीहरुबीच सामान्य चिनजान हुनसक्छ, प्रेमिप्रेमिका भन्नु गलत हौवा हो ।’
टिपरको ठक्करबाट मृत्यु भएका केशरबहादुर कालीकोटको महावै गाउ“पालिका ३ का हुन् भने युवती तिलागुफा नगरपालिका–११ का हुन् । मृतक दुबैजनालाई चिन्ने स्थानीय खेमराज सिंह यी दुबै घटना संयोगमात्र भएको बताउ“छन् । युवती पनि विवाहित रहेको र उनका श्रीमान गाउ“मै रहेका उनले जानकारी दिए ।
प्रहरीले पनि हत्या र आत्महत्याको घटनाबीच सम्बन्ध नरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीराज पन्तले आत्महत्याको घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
यसैबीच, मंगलबार तनावपूर्ण बनेको सुर्खेतको अवस्था सामान्य बन्दै गएको छ । मंगलबार सा“झदेखि लगाइएको कप्mर्यु पनि हटाइएको छ । केशरबहादुरको मृत्युपछि आफन्तले वीरेन्द्रनगर बजारमा तोडफोड गरेका थिए । प्रहरीले गोली चलाउ“दा ९ जना घाइते भएका थिए ।
स्थानीय प्रशासनले मंगलबार सा“झ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कप्mर्यु लगाएको थियो । मंगलबार सा“झ मृतकका आफन्त र प्रशासनबीच मृतकका आफन्तलाई राहत दिने, दोषिमाथि कारबाही गर्ने सहमति भएको थियो । आफन्त सिंहले हिजो सा“झको सहमतिलाई आज लिखित रुपमा टुंग्याइने र घाइतेको उपचारको लागि थप सहमति हुने बताए ।