शनिबार, बैशाख २२, २०८१

३ दिनदेखि सुर्खेत अशान्त, कठोर बन्दै प्रहरी (भिडियोसहित)

  
जगतदल जनाला विक बिहीबार, माघ १६, २०७६

टिपरको ठक्करबाट एक युवाको मृत्यु भएपछि वीरेन्द्रनगरमा ३ दिनदेखि तनाव भइरहेको छ । युवाका आफन्तहरुले दोषिमाथि कारबाही र परिवारलाई राहत दिनुपर्ने माग गर्दै प्रर्दन गरिरहेका छन् ।
प्रदर्शनमा उत्रिएका व्यक्तिमाथि प्रहरी–प्रशासन कठोर रुपमा प्रस्तुत भएको छ । प्रदर्शनकारीले चक्काजाम र बन्द गरेपछि त्यसविरुद्ध कठोर रुपमा प्रस्तुत हुनु परेको प्रशासनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बार्ता र संवादमार्फत समस्याको समाधान गर्न सकिने अवस्था भए पनि गैरकानुनी रुपमा हिंसात्मक काम हुँदा एक्सन लिनु परेको बताएका छन् । आज बिहानसम्म ८ जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । सुर्खेतदेखि चल्ने लामो रुटका बसहरु पनि चलेका छैनन् ।


मंगलबार बिहान जुम्लारोडमा टिपरको ठक्कर दिँदा कालिकोटका २१ वर्षीय युवा केशरबहादुर सिंहको मृत्यु भएको थियो । माग पूरा नहुँदा युवाको शवको पोस्टमार्टम पनि भएको छैन । प्रशासनले भने यस्तै अवस्था भइरहे आपैm पोस्टमार्टमको प्रक्रिया अघि बढाउने बताएको छ ।

हेर्नुहोस् भिडियो (वीरेन्द्रनगरमा प्रदर्शनकारीलाई कुटपिट गरेर भ्यानमा हाल्दै प्रहरी । भिडियो : तीलक पौडेलको फेसबुकबाट)