शुक्रबार, फागुन ११, २०८०

भारतबाट सुर्खेत ल्याइएका ५७ जना क्वारेन्टाइनमा

  
कर्णाली टाइम्स बुधबार, चैत्र १२, २०७६

सुर्खेत । भारतबाट फर्किएका ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वीरेन्द्रनगर –१० स्थित होटल अशोकामा २७ कोठा भाडामा लिएर क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा राखिएकाहरु नेपालका विभिन्न नाकाहरुबाट बुधवार बिहान २ बजे सुर्खेत ल्याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
क्वारेन्टाइनमा रहेकामध्य ५३ पुरुष र चार जना महिला छन् ।
वीरेन्द्रनगरको खुलामञ्चमा क्वारेन्टाइन निर्माणाधिन अवस्थामा रहेकाले तत्कालका लागि होटलमा राखिएको सामाजिक विकास मन्त्री दल रावलले बताए । मन्त्री रावलका अनुसार उनीहरुलाई भोली मात्र खुलामञ्चको क्वारेनटाइनमा राखिने छ ।